बाढीमा खुशी हुँदै भिडियो बनाएको आरोपमा २४ वर्षीय युवक पक्राउ
काठमाडौं, २२ भदौ
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि खुशी हुँदै भिडियो बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोले बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय बिरेन्द्र मडैलाई शनिबार पक्राउ गरेको हो।

बाढीपछि विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा विपत्तिमा खुशी मनाएको देखिने आपत्तिजनक सामग्री फेसबुक रिलमार्फत प्रसारण गरेको आरोप मडैमाथि लागेको ब्यूरोले जनाएको छ।

बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै सामाजिक सद्भावमा असर पुग्ने किसिमका सामग्री प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





