सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंमा पटाका लुकाएर बिक्री गर्ने १ जना पक्राउ, ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

न्युज डेस्क
२०८३ भाद्र २३, मंगलवार १४:०६

काठमाडौं, २३ भदौ
काठमाडौंमा अवैध रूपमा पटाका तथा अन्य विष्फोटक पदार्थ लुकाएर बिक्री वितरण गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार राति करिब १० बजे काठमाडौं महानगरपालिका–२६ मुहँखेलस्थित एक घरमा अवैध रूपमा विष्फोटक पदार्थ (पटाका) लुकाई बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले छापा मारेको थियो।
प्रहरीले उक्त स्थानमा चेकजाँच गर्दा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० का एक घर, काठमाडौं महानगरपालिका–१८ मुहँखेल बस्ने व्यक्ति र वडा नम्बर ३६ का सुजन कुँडालीको कोठालगायत स्थानबाट ठूलो परिमाणमा विभिन्न प्रकारका पटाका बरामद गरेको जनाएको छ।
बरामद पटाकामा Golden Strawberry, Super Hero, Sky Whistle, Ferrari, Safari, Marazzo, Pencil, Color Glitzy, Guruji Color, Crack Jack, Ground Chakkar, Rocket Bomb, Leopard King, Triton Electronic, Dandiya Night, Party Night, Supreme Multy Mix, Jill Jill, Dil Dil, Flower Pot Special, 7 Shots, Housefull, Kit Kat, Supper Hit, Jelly Bean, Sky High, Electric, Red Sparklers, Spinner Deluxe, Rangeela, Sivakasi लगायत ५२ प्रकारका पटाका रहेका छन्।
प्रहरीका अनुसार बरामद सामग्रीमध्ये केही सयौँ थानदेखि हजारौँ थानसम्म रहेका छन्। King Cobra ३ हजार ६६५ प्याकेट, Chakkar Big १६३ पिस, Indigo Chakkar १६० पिस तथा Supreme Queen Dix १३४ पिस समेत बरामद गरिएको छ।
प्रहरीले बरामद पटाका तथा विष्फोटक पदार्थसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?