सत्य, निष्पक्ष र विश्वसनीय

बिरगंज–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रि पूजा तयारी तीव्र

न्युज डेस्क
२०८३ आश्विन १८, आईतवार ११:१९

बिरगंज, १८ असोज 

बिरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रिको अवसरमा हुने कलश स्थापना तथा पूजा कार्यक्रमको तयारी तीव्र पारिएको छ । कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासीको सहभागितामा गाउँ भेला सम्पन्न भएको हो ।

नवरात्रि पूजा समितिका अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न भेलामा पूजा, कलश स्थापना, मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो । भेलामा संविधानसभा सदस्य बिचारी यादव, वडा अध्यक्ष अवधकिशोर कुशवाहा, वडा सदस्य कान्तिदेवी, समितिका उपाध्यक्ष लोकनारायण यादव, कोषाध्यक्ष राकेशकुमार साह, पूर्वअध्यक्ष जगारनाथ दासलगायत स्थानीय अगुवाको सहभागिता थियो ।

भेलाले प्रत्येक कलश स्थापना गर्ने भक्तजनले पण्डितलाई ७ सय ५१ रुपैयाँ, हजामलाई १ सय ५० रुपैयाँ र मालोरिनलाई १ सय रुपैयाँ दिने निर्णय गरेको समितिले जनाएको छ ।

स्थानीयवासीको सामूहिक सहभागिता र सहयोगमा सातोमाई मन्दिरमा हरेक वर्ष नवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?