पब्लिक फिटनेस सेन्टर, वीरगञ्जको नवौं स्थापना दिवसमा दोस्रो पुष–अप प्रतियोगिता सम्पन्न
वीरगञ्ज, २४ जेठ
पब्लीक फिटनेस सेन्टर वीरगञ्जको नवौं स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुस–अप प्रतियोगिता सम्पन्न भएको छ। वीरगञ्जको लिंक रोडमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संघीय तथा प्रदेश सरकारको पहुँच नपुगेका क्षेत्रमा स्थानीय सरकारले नागरिकको आवश्यकता अनुसार काम गर्नुपर्ने बताएका थिए। उनले स्वस्थ जीवनका लागि नियमित शारीरिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता खेल तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खालिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी वार्षिक उत्सवको अवसरमा फिटनेस सेन्टरमा निरन्तर योगदान पुर्याउने ६ जनालाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ तथा देवेन्द्र यादव रहेका छन्।
कार्यक्रममा पब्लीक फिटनेस सेन्टर वीरगञ्जका सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादवकी छोरी आहाना यादवले वार्षिकोत्सवको केक काटेकी थिइन्। करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




