मौसम बदलीने संकेत, एनपीएलका सुरुवाती खेल प्रभावित हुन सक्ने
काठमाडौँ, ८ कात्तिक
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशका विभिन्न स्थानमा मौसममा पुनः बदली आउने सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) का सुरुवाती खेलहरू प्रभावित हुन सक्ने देखिएको छ।

एनपीएल आगामी कात्तिक २६ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिता सुरु हुने समयमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना रहेकाले खेल सञ्चालनमा असर पर्न सक्ने अनुमान गरिएको छ।
वर्षाका कारण खेल तालिका प्रभावित हुने, खेल रोक्नुपर्ने वा निर्धारित समयमा खेल सञ्चालन गर्न कठिनाइ हुन सक्ने सम्भावना रहन्छ। यद्यपि, खेलहरूमा पर्ने वास्तविक प्रभाव भने त्यसबेलाको मौसमको अवस्थामै निर्भर हुनेछ।
यसैबीच, आम नागरिकलाई मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जाल नियमित रूपमा हेर्न आग्रह गरिएको छ। साथै, मौसमसम्बन्धी जानकारी लिन विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न पनि अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





