सत्य, निष्पक्ष र विश्वसनीय

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भोलि पदभार ग्रहण गर्ने

न्युज डेस्क
२०८३ भाद्र ३०, मंगलवार १८:५३

वीरगंज, ३० भदौ
वीरगंज महानगरपालिकाका प्रमुख श्री राजेशमान सिंहले बुधबार बिहान ११ बजे पुनः पदभार ग्रहण गर्ने भएका छन्।
वीरगंज महानगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख सिंहले पुनः पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ।
पदभार ग्रहण कार्यक्रम वीरगंज महानगरपालिकाको कार्यालय परिसरमा बुधबार बिहान ११ बजे आयोजना हुने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?