सत्य, निष्पक्ष र विश्वसनीय

मुगुमा दुई पटक भूकम्प धक्का

न्युज डेस्क
२०८३ भाद्र ३१, बुधबार ०६:३९

काठमाडौँ, ३१ भदौ
मुगु जिल्लाको कलाई आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसपछि सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान ४ः२८ बजे ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
दुवै भूकम्पका धक्का आसपासका क्षेत्रमा महसुस गरिएको बताइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन।
यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?