रास्वपाका पूर्वनगरसभापति सिंहले गरे आत्मसमर्पण, ३ दिन म्याद थप
जनकपुरधाम, ३१ भदौ
ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी परेका रास्वपाका नेता रोमनप्रताप सिंहले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आत्मसमर्पण गरेका छन्। मंगलबार फेसबुक लाइभमार्फत प्रहरीसमक्ष उपस्थित हुने बताएका सिंह लगत्तै प्रहरी कार्यालय पुगेका हुन्।
प्रहरीका अनुसार सिंहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। अनुसन्धानका लागि सरकारी वकिल कार्यालयबाट तीन दिनको म्याद थप गरिएको छ।
गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा आयोजित रास्वपाको नगर अधिवेशनका क्रममा कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका थिए। सोही घटनामा सतीशकुमार कापरले सिंहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी दिएका थिए। महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते सिंहलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





