सत्य, निष्पक्ष र विश्वसनीय

सुनसरीमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक ९, आईतवार ०७:०५

इनरुवा, सुनसरी, ८ कार्तिक

सुनसरीमा लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ बसचोकबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मिति २०८२ कात्तिक ७ गते साँझ करिब ५:१५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एउटा मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरिएको थियो। सो क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले बोकेको प्लास्टिकको झोलामा लुकाइछिपाइ राखिएको लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त पदार्थको तौल गर्दा १ ग्राम ५७० मिलिग्राम (१.५७ ग्राम) फेला परेको जनाएको छ। लागूऔषधसहित पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी २५ वर्षीय रविन चौधरी, रामधुनी नगरपालिका–७ निवासी ३० वर्षीय टार्जन चौधरी र इनरुवा नगरपालिका–८ निवासी १९ वर्षीय लम्बु भन्ने साहिद हुसेन रहेका छन्।

पक्राउ परेका तीनै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?