सत्य, निष्पक्ष र विश्वसनीय

६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ

न्युज डेस्क
२०८३ मंसिर १, सोमबार १०:०५

मकवानपुर, ३० कात्तिक
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङस्थित प्रहरी चेकपोस्टबाट ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।

आइतबार राति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय चित्लाङको चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जिप रोकेर जाँच गर्दा उक्त परिमाणको चरेस फेला पारेको हो ।

चरेस बरामद भएपछि प्रहरीले जिपका चालकसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३, सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८, तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।

बरामद चरेस र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?