सुदूरपश्चिमलाई लुम्बिनीले दियो १५६ रनको लक्ष्य
काठमाडौं, ५ मंसिर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ चौका प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिक्वेलाले १७ बलमा २८ रन बनाए।
त्यस्तै, अली शेखले १२ बलमा २४, डार्सी सर्टले १८ बलमा २१, सन्दीप जोराले ५ बलमा ४ र रुबेन ट्रम्पलम्यानले २ बलमा अविजित ४ रन बनाए। आशिफ शेख भने ४ बलमा १ रन बनाएर आउट भए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ। लुम्बिनी लगातार दोस्रो पटक एनपीएल उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ।
उपाधिका लागि दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





