जेन जी आन्दोलन प्रकरणमा छपकैया ३ का ‘अब्बु’ पक्राउ, एमाले नगर सचीव लियाकत अलि सहित अन्य आरोपितको खोजी जारी
वीरगञ्ज, २ असार
जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा संस्थाहरूमा आगजनी तथा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले ‘अब्बु’ भनेर चिनिने वीरगञ्ज–३, छपकैयाका महमद अयुब हुसेनलाई पक्राउ गरेको छ।
गत भदौ २४ गते भएको उक्त घटनामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्तालगायतका निजी निवास तथा सार्वजनिक सेवा संस्थामा क्षति पुर्याएको आरोपमा पर्सा जिल्ला अदालतले संलग्न व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका हुसेनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका नेकपा एमालेका नगर सचिव लियाकत अलीसहित अन्य केही व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको पर्सा प्रहरीको भनाइ छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




