सत्य, निष्पक्ष र विश्वसनीय

बाराले दोस्रो पटक पनि मधेश क्रिकेट लिग–२ उपाधि जित्यो

न्युज डेस्क
२०८३ जेष्ठ ८, शुक्रबार २२:३२

वीरगंज, ८ जेठ ।
मधेश क्रिकेट लिगको दोस्रो संस्करणको उपाधि बाराले लगातार दोस्रो पटक जितेको छ । वीरगंजस्थित टीबी साह क्रिकेट रंगशालामा आज सम्पन्न फाइनलमा बाराले धनुषालाई १२८ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको बाराले २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । बाराका लागि सुशान्त सिंहले ५१ रन र अरनिको यादवले ५० रनको अर्धशतकीय योगदान दिएका थिए । धनुषाका रूपेश यादव र आयुष यादवले २र२ विकेट लिए ।
१९४ रनको लक्ष्य पछ्याएको धनुषा १४ ओभर ४ बलमा ६५ रनमै समेटियो । बाराका कमल गुप्ताले ३.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे ।
अरनिको यादव खेलमा ब्याटिङसँगै बलिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बाराका कप्तान अनिल साह १५७ रन र १३ विकेटसहित ‘प्लेयर अफ दि सिरिज’ घोषित भए ।
मधेश प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका टिम सहभागी थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?