सत्य, निष्पक्ष र विश्वसनीय

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेन्द्र शाहबीच शिष्टाचार भेटवार्ता

न्युज डेस्क
२०८३ मंसिर ८, सोमबार ०९:००

दिल्ली, ७ मंसिर
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको बताइएको छ।

भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

त्यसैगरी, दुवै पक्षले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?