टहरीमा गुड्दागुड्दै कारमा आगो लाग्यो, जलेर ध्वस्त, कारमा सवार पाँचै जना सकुशल
२०८३ मंसिर ८, सोमबार १३:१५
इटहरी, ७ मंसिर
सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ।
पाँच जना सवार टाटा इन्डिका कारमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो तीव्र रूपमा फैलिएपछि कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। आगलागीबाट गाडीमा ठूलो क्षति पुगे पनि कारमा सवार पाँचै जना भने सकुशल रहेका छन्।
घटनामा मानवीय क्षति नभए पनि कार पूर्ण रूपमा जलेर नष्ट भएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





