सत्य, निष्पक्ष र विश्वसनीय

प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

न्युज डेस्क
२०८३ असार १०, बुधबार १६:४३

काठमाडौं , १० असार
प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ ।

सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिनुभएको हो ।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?