सत्य, निष्पक्ष र विश्वसनीय

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा २ दिन बिदा

न्युज डेस्क
२०८३ असार १०, बुधबार १७:१३

वीरगञ्ज, १० असार
अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।

महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार असार ११ गतेदेखि असार १२ गतेसम्म बाल विकासदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेका सबै विद्यालय बन्द रहनेछन्। बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले यो निर्णय गरिएको जनाइएको छ।

महानगरपालिकाले विद्यालय व्यवस्थापन तथा सम्बन्धित निकायलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै मौसमको अवस्था र विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक समन्वय गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

शिक्षा प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अस्थायी रूपमा बिदा घोषणा गरिएको उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?