सत्य, निष्पक्ष र विश्वसनीय

प्रधानमन्त्री बालेनलाई गोली हान्ने चेतावनी दिएका दुई किशोर पक्राउ

न्युज डेस्क
२०८३ असार १५, सोमबार १७:५२

काठमाडौं, १५ असार
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । 

धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो । 
उनले लोकान्तरसँग भने, ‘यी दुई जना मदिरा र लागूऔषधको नशामा थिए, जथाभावी बोल्दै हिँडेका थिए । हामीले पक्राउ गर्‍यौं ।’ 

एउटा भिडियोमा यादव र मुखियाले प्रधानमन्त्री ‘बालेनले गाउँ चम्काइदिन्छु भनेर भोट हालेको तर केही गरेन’ भन्दै गोली हान्ने योजनामा रहेको बताएका छन् । तर, उनीहरूको बोली लठ्ठीएको भिडियोमा प्रस्ट देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?