सत्य, निष्पक्ष र विश्वसनीय

श्रम संस्कृति पार्टीका मधेश प्रदेश नेता दीपक जंग ठाकुर निलम्बित

न्युज डेस्क
२०८३ असार १८, बिहीबार १३:१३

काठमाडौं , १८ असार
श्रम संस्कृति पार्टीले मधेश प्रदेशका नेता दीपक जंग ठाकुरलाई पार्टीबाट निलम्बन गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत ठाकुरलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गरिएको जानकारी दिएका हुन्।

पार्टीका अनुसार ठाकुर पार्टीको नीति तथा सिद्धान्तविपरीत विभिन्न सामाजिक समस्या सिर्जना हुने गतिविधिमा संलग्न रहेको ठहर गर्दै उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

अध्यक्ष साम्पाङले अर्को सूचना जारी नभएसम्म ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन पार्टीका सबै तहका नेता–कार्यकर्ता र सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?