सिंहदरबार दक्षिण गेटअघि अनेरास्ववियुको मोटरसाइकलसहित प्रदर्शन
२०८३ असार ३१, बुधबार ०९:५२
काठमाडौं , ३१ असार
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेटअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ।
प्रदर्शनका कारण केहीबेर दक्षिण गेटअगाडिको सडकमा यातायात प्रभावित भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो।
प्रदर्शनमा सहभागीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। अनेरास्ववियुले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको जनाएको छ। प्रहरीले भने केहीबेरमै सडक खुलाएर यातायातलाई पुनः सहज बनाएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




