सत्य, निष्पक्ष र विश्वसनीय

फेसबुकको वेब संस्करणमा एक्कासी समस्या

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार १६:३४

काठमाडौं, ३ साउन
सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकको वेब संस्करणमा आइतबार एक्कासी प्राविधिक समस्या देखिएको छ। झण्डै आधा घण्टादेखि वेब ब्राउजरमार्फत फेसबुक प्रयोग गर्न खोज्ने धेरै प्रयोगकर्ताले ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन्।

यद्यपि फेसबुकको मोबाइल एपमा भने यस्तो समस्या नदेखिएको प्रयोगकर्ताहरूले बताएका छन्। वेब संस्करणमा मात्रै समस्या देखिएपछि सामाजिक सञ्जालमा पनि यसबारे व्यापक चर्चा भइरहेको छ।

फेसबुकको मातृ कम्पनी मेटा ले समाचार तयार पार्दासम्म उक्त समस्याबारे कुनै आधिकारिक जानकारी वा स्पष्टीकरण सार्वजनिक गरेको छैन।

हाल अधिकांश प्रयोगकर्ताले आफ्नो फेसबुक खातामा पहुँच गर्न कठिनाइ भइरहेको भन्दै समस्या समाधानको प्रतीक्षा गरिरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?