सत्य, निष्पक्ष र विश्वसनीय

चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई विद्यार्थीद्वारा कालो झण्डा प्रदर्शन

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार १९:२४

चितवन, ३ साउन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई चितवन भ्रमणका क्रममा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्।

मन्त्री पोखरेल सहभागी भएको एक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग तथा सरकारप्रतिको असन्तुष्टि व्यक्त गर्दै कालो झण्डा र बेलुन प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै नाराबाजीसमेत गरेका थिए।

विरोध प्रदर्शनका बेला सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटनास्थलमा नेपाल प्रहरीको बाक्लो उपस्थिति रहे पनि प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

विद्यार्थीहरूले शैक्षिक क्षेत्रका समस्या समाधान, नीतिगत सुधार तथा आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रदर्शनपछि कार्यक्रम भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?