सत्य, निष्पक्ष र विश्वसनीय

पर्सामा २१.११ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार ०८:०७

वीरगञ्ज, ७ साउन
पर्सा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित सडकखण्डबाट शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ब्राउन सुगर बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ मुर्लीचोक निवासी ३२ वर्षीय नारायण बहादुर के.सी. रहेका छन्।

प्रहरीले उनको साथबाट कागजमा बेरेर राखिएको २१.११ ग्राम ब्राउन सुगर, कागजका १५ वटा पुडिया, ४०.७४ ग्राम चरेस तथा लागूऔषध कारोबारसँग सम्बन्धित सामग्री बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?