आइतबारको बिदा यथावत् रहने, तत्काल हटाउने सरकारको योजना छैन : मन्त्री सस्मित पोखरेल
२०८३ श्रावण ८, शुक्रबार १४:१५
काठमाडौं, ८ साउन
शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको सार्वजनिक बिदा तत्काल खारेज नहुने स्पष्ट पारेका छन्।
सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न समिति गठन गरेपछि आइतबारको बिदा हटाइने चर्चा चलिरहेका बेला मन्त्री पोखरेलले दुई दिने साप्ताहिक बिदा यथावत् रहने बताएका हुन्।

शिक्षा पत्रकारहरूसँगको भेटघाटमा उनले भने, “दुई दिन बिदा कायम हुन्छ। सरकारले तत्काल बिदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा भइरहेको छ।”
सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार हाल सरकारी कार्यालयहरूमा शनिबार र आइतबार दुई दिने बिदा कार्यान्वयनमा रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





