सत्य, निष्पक्ष र विश्वसनीय

भिडियो बनाउन महँगो पर्‍यो, सांसद बब्लु गुप्तालाई ट्राफिकको कारबाही

न्युज डेस्क
२०८३ श्रावण ८, शुक्रबार १४:३५

काठमाडौं, ८ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको आरोपमा ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिबाना गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाइरहेको देखिएपछि ट्राफिक प्रहरीले आवश्यक अनुसन्धान गरी उनीमाथि कारबाही गरेको हो।

प्रहरीले सवारी तथा यातायात व्यवस्था सम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै सांसद गुप्तालाई ५०० रुपैयाँ जरिबाना गरेको जनाएको छ। यस्तै, सडक सुरक्षासम्बन्धी नियमको पालना गर्न सबैलाई आग्रह गर्दै यस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?