सत्य, निष्पक्ष र विश्वसनीय

विराटनगरबाट १०४ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ८, शुक्रबार २१:११

विराटनगर, ८ साउन
मोरङको विराटनगरबाट १०४ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले साउन ८ गते विराटनगर महानगरपालिका–४, लालीगुराँस टोलबाट सुनसरीको दुहबी नगरपालिका–१२ घर भएका २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट १०४ ग्राम खैरो हेरोइन र एउटा मोबाइल फोन बरामद गरिएको छ। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?