वीरगञ्जमा पुनः निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
२०८३ श्रावण १५, शुक्रबार १७:४३
वीरगञ्ज, १५ साउन
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ। प्रशासनले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो।
प्रशासनका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रअन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र तोकिएको छ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार रातिको समयमा वीरगञ्जमा निषेधाज्ञा जारी गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





