सत्य, निष्पक्ष र विश्वसनीय

एनआरएनएको सल्लाहकारमा उद्योगी राजेन्द्र खेतान नियुक्त

न्युज डेस्क
२०८३ श्रावण २०, बुधबार ०७:५५

काठमाडौं, २० साउन
उद्योगी राजेन्द्र खेतान गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सल्लाहकारमा नियुक्त भएका छन्।

एनआरएनएको विधान २००३ (२०२६ को संशोधनसहित) तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२६ जुन १३–१४ मा सम्पन्न ११५औँ बैठकको निर्णयअनुसार खेतानलाई सल्लाहकार नियुक्त गरिएको हो।

विदेशमा रहेका नेपाली समुदायसँग सम्बन्धित क्षेत्रमा खेतानको ज्ञान, अनुभव र नेतृत्वदायी योगदानलाई ध्यानमा राख्दै उनलाई जिम्मेवारी दिइएको संघले जनाएको छ।

खेतानको अनुभवबाट संघका नीति तथा कार्यक्रम निर्माण र विश्वभर रहेका नेपाली समुदायसँग सम्बन्धित विषयमा आवश्यक मार्गदर्शन तथा सहयोग प्राप्त हुने एनआरएनएले विश्वास व्यक्त गरेको छ।

खेतानको कार्यकाल एनआरएनएको १३औँ अन्तर्राष्ट्रिय महाधिवेशनसम्म रहनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?