इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २०, बुधबार ०९:०३
नेपालगञ्ज, २० साउन
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।
साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

घाइते कोरीको उपचारका क्रममा सोमबार बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





