सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा भन्सार छली ल्याइएका १२ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

न्युज डेस्क
२०८३ भाद्र २, मंगलवार १६:५९

वीरगञ्ज, २ भदौ
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी नेपाल भित्र्याइएका १२ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३/०५/०९ गते करिब १६:०० बजे विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले अनधिकृत रूपमा सञ्चालनमा रहेका भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका १२ वटा स्कुटरको अनुमानित मूल्य रु. ९ लाख ६० हजार रहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ती स्कुटरहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?