सत्य, निष्पक्ष र विश्वसनीय

लायन्स क्लब अफ बीरगंज गेटवेले ११५ जनाको रक्तचाप र मधुमेह परीक्षण गर्‍यो

न्युज डेस्क
२०८३ भाद्र ३, बुधबार १२:००

बीरगंज, ३ भदौ
नेपाल लायन्सको ५५औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवेले सञ्चालन गरिरहेको सप्ताहव्यापी स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत बीरगंज–१० स्थित घडिअर्वा पोखरी परिसरमा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बीरगंज–१४, पिपरास्थित स्पर्श अस्पतालको प्राविधिक सहयोग, लायन्स डा. महेश्वर प्रसाद कुर्मीको सहयोग तथा कार्यक्रम संयोजक वीरेन्द्र कुमार आर्यको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा ११५ जनाको रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो।
लायन्स क्लब अफ बीरगंज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाश कुमार उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन्स रामबिहारी पाण्डे, सचिव लायन्स कपिलदेव तिवारी, लायन्स वकिल प्रसाद रौनियार, लायन्स फैयाज आलम, लायन्स इन्जिनियर श्यामबाबु प्रसाद, लायन्स विकास जैसवाललगायत स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो।
क्लबले सप्ताहव्यापी स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिँदै भदौ ५ गते बिहान छपकैया ईदगाह चोकमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसअघि गत सोमबार बीरगंज चिमिल परिसरस्थित पशुपतिनाथ मन्दिरमा पनि स्वास्थ्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष उपाध्यायले जानकारी दिए।
क्लबका अनुसार समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षणको पहुँचमा ल्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?