भोलिदेखी ५ दिन बिदा
काठमाडौं, १८ भदौ
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
प्रवक्ता पोखरेलका अनुसार भोटेकोशी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्मानस्वरूप घटनाको १३औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो।
राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपाली राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





