दुई होटलमा प्रहरीको छापा, ५ महिलासहित ८ जना नियन्त्रणमा
२०८३ भाद्र १९, शुक्रबार १६:५४
वीरगन्ज, १९ भदौ।
वीरगन्ज महानगरपालिका–१६ भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
अनैतिक गतिविधि भइरहेको विशेष सूचनाका आधारमा बुधबार दिउँसो वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले ‘अभिषेक होटल’ र ‘बेदामी होटल’मा छापा मारेको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये दुई भारतीय महिला र दुई भारतीय पुरुष रहेका छन्। बाँकी चार जनाको परिचय भने प्रहरीले खुलाएको छैन।
नियन्त्रणमा लिइएका सबैमाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





