सत्य, निष्पक्ष र विश्वसनीय

मोरङ कारागारमा कैदीबन्दीबीच झडप

न्युज डेस्क
२०८३ भाद्र २०, शनिबार ०७:०२

विराटनगर, २० भदौ
जिल्ला कारागार मोरङमा कैदीबन्दीबीच झडप भएको छ। विराटनगर–८ स्थित कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो।
झडपपछि प्रहरीले १९ जना कैदीबन्दीलाई बी ब्लकबाट बाहिर निकालेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।
उनका अनुसार कैदीबन्दीलाई यातना दिएको तथा रकम असुली गरेको आरोपमा चौकीदार विशाल निरौला पक्षमाथि अर्को पक्षले आरोप लगाएपछि विवाद चर्किएर झडप भएको हो।
कारागारको बी ब्लकमा यसअघि प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरीले बी ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको एक समूहले विरोध गर्दै नाराबाजीसमेत गरेको थियो।
प्रहरीले १९ जना कैदीबन्दीलाई बाहिर निकालेपछि कारागारको अवस्था अहिले सामान्य रहेको प्रहरी प्रमुख कटवालले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?