सत्य, निष्पक्ष र विश्वसनीय

भोटेकोशी बाढीमा १ हजार ३४४ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन

न्युज डेस्क
२०८३ भाद्र २०, शनिबार १२:०७

काठमाडौं, २० भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्।
खोज, उद्धार तथा राहत कार्यका लागि बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।
विपद्मा परेका ८ हजार ६३१ जना घाइतेको सकुशल उद्धार गरी उपचारका लागि पठाइएको छ। फेला परेका शवमध्ये १ हजार ३० जनाको व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ।
बाँकी शवको पहिचान तथा व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?