सत्य, निष्पक्ष र विश्वसनीय

भरतपुरमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु

न्युज डेस्क
२०८३ भाद्र २६, शुक्रबार ०९:१५

चितवन, २६ भदौ
चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान बा प्र ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीमा चालकको समेत मृत्यु भएको र शरीर जलेका कारण मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?