सत्य, निष्पक्ष र विश्वसनीय

कुशे औंसीमा वीरगञ्जका चार लायन्स क्लबद्वारा अन्नदान

न्युज डेस्क
२०८३ भाद्र २६, शुक्रबार १७:०५

वीरगञ्ज, २६ भदौ
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा वीरगञ्जका चार लायन्स क्लबले संयुक्त रूपमा अन्नदान कार्यक्रम आयोजना गरेका छन्।
लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको संयुक्त आयोजनामा शुक्रबार बिहान वीरगञ्जस्थित गीतामन्दिर र गहवामाई मन्दिर परिसरमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको संयोजन लायन्स क्लब अफ वीरगञ्ज प्रभुकी अध्यक्ष लायन सरिता सिंहले गरेकी थिइन्। कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन दिगम्बर थापा, लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलकी अध्यक्ष लायन कविता खड्का, डिस्ट्रीक्ट डिपुटी चिफ लायन सन्जिता प्याकुरेल, रिजन चेयरपर्सन लायन डा. लक्ष्मी थापा, जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे र डिस्ट्रीक्ट क्याबिनेट अफिसर लायन दिगम्बर गुप्तालगायतको सहभागिता थियो।
त्यस्तै, लायन्स क्लब अफ वीरगञ्ज पोखरीयाका अध्यक्ष लायन नेजामुदिन समानी, क्यापिटलका सचिव लायन शिवनाथ यादव, एलसीआईएफ कोअर्डिनेटर लायन डा. अरविन्द श्रेष्ठ, लायन चन्दन सिंह, मेम्बरसीप चेयरपर्सन लायन निशचल प्रजापति, लायन इश्वरी श्रेष्ठ, प्रभुकी लायन बिन्दिया प्रधान, परिवारका लायन सुदेश लाखे, क्यापिटलका लायन रन्जित यादव र लायन मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको अन्नदान कार्यक्रमले विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ। ‘सेवा विथ प्राइड’को भावनालाई आत्मसात् गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?