सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा सडक बत्ती मर्मत तथा नयाँ बत्ती जडान कार्य जारी

न्युज डेस्क
२०८३ कार्तिक २०, बिहीबार २०:४४

वीरगञ्ज, १९ कार्तिक
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा वडा नम्बर २१ स्थित परवानीपुर पुल क्षेत्रमा सडक बत्ती मर्मत तथा नयाँ बत्ती जडान कार्य भइरहेको छ।

रातिको समयमा सडक आवागमनलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त क्षेत्रमा बिग्रिएका सडक बत्ती मर्मत गर्नुका साथै आवश्यक स्थानमा नयाँ बत्ती जडान गर्ने काम अघि बढाइएको हो।

महानगरपालिकाले सडक तथा सार्वजनिक क्षेत्रमा उज्यालोको व्यवस्था मिलाउने उद्देश्यले बत्ती मर्मत र जडान कार्यलाई निरन्तरता दिएको जनाएको छ।

यस कार्यबाट परवानीपुर पुल क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधन चालकलाई सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?