टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं , ८ मंसिर
धादिङको गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बैरेनी अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




