सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
२०८३ श्रावण १८, सोमबार १०:०८
सर्लाही , १८ साउन
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले करिब १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको कारमा लुकाइछिपाई गाँजा ओसारपसार भइरहेको अवस्थामा चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो। कारबाट २३ वटा पोकामा राखिएको करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





