सत्य, निष्पक्ष र विश्वसनीय

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा हुँदै

न्युज डेस्क
२०८३ श्रावण १८, सोमबार २०:४२

काठमाडौं, १८ साउन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ।

आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले तीनवटै कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद मागेको थियो। तर अदालतले म्याद थप नगर्ने आदेश दिएपछि प्रसाईंलाई रिहा गर्न लागिएको हो। प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ।

क्याप्सन:
अदालतले म्याद थप्न अस्वीकार गरेपछि दुर्गा प्रसाईं रिहा हुँदै। प्रहरीले रिहाइ प्रक्रिया अघि बढायो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?