स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै
काठमाडौं, २० साउन
स्पेसएक्सको फाल्कन–९ रकेटको करिब ४ मेट्रिक टन तौलको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ।
जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयान प्रक्षेपणमा प्रयोग गरिएको रकेटको दोस्रो चरण इन्धन सकिएपछि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको थियो। वैज्ञानिकहरूका अनुसार यो नेपाली समयअनुसार बुधबार दिउँसो करिब १:२० बजे चन्द्रमाको सतहमा करिब ८ हजार ६९० किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किन सक्छ।

रकेटको टुक्रा चन्द्रमाको पश्चिमी क्षेत्रमा रहेको ‘आइन्स्टाइन क्रेटर’ आसपास खस्ने अनुमान गरिएको छ। ठोक्किँदा चन्द्रमाको धुलो उड्ने भए पनि पृथ्वीबाट नांगो आँखाले घटना देख्न कठिन हुने बताइएको छ।
स्पेसएक्सले यो घटना नियोजित नभएको जनाएको छ। वैज्ञानिकहरूले घटनाले भविष्यमा चन्द्रमामा बढ्दै जाने अन्तरिक्ष फोहोर व्यवस्थापनको चुनौतीलाई उजागर गरेको बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





