सत्य, निष्पक्ष र विश्वसनीय

पर्सा प्रहरी उपरीक्षक एसपीको ठुलो सफलता

न्युज डेस्क
२०८३ श्रावण २०, बुधबार ०९:४०

पर्सा, २० साउन
पर्सा प्रहरीले २०७ किलो अवैध लागूऔषध गाँजासहित एउटा पिकअप गाडी बरामद गरेको छ। घटनामा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको नेतृत्वमा सञ्चालन भइरहेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त टोलीले सवारी जाँच गर्ने क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप रोकेर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पिकअपभित्र सिमेन्टका बोरामा लुकाइछिपाइ राखिएको २०७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरिएको छ।

बरामद गाँजा र पिकअप नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?