नक्कली राहतमा रास्वपा नेता पक्राउ
रामेछाप, १४ भदौ
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने क्रममा नक्कली कागजात तथा भुक्तानी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा रामेछापका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता भगवान काकी पक्राउ परेका छन्।
प्रहरीका अनुसार काकीसहित दुई जनालाई नक्कली भुक्तानी विवरण तयार गरी सामाजिक सञ्जालमार्फत प्रचार गरेको आरोपमा पक्राउ गरिएको हो। उनीहरूले च्याटजीपीटीबाट तयार गरिएको भनिएको नक्कली भौचरमार्फत राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको दाबी गर्दै फेसबुकमा पोस्ट गरेको बताइएको छ।
पक्राउ परेका काकी रास्वपाको स्थानीय नेता रहेको खुलेको छ। उनीहरूले सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यले नक्कली विवरण प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





