सत्य, निष्पक्ष र विश्वसनीय

कञ्चनपुरमा दुई भारतीय प्रहरी नियन्त्रणमा

न्युज डेस्क
२०८३ भाद्र १४, आईतवार ०७:१८

कञ्चनपुर, १४ भदौ
नेपाली भूमिमा सम्बन्धित निकायसँग समन्वय नगरी प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको आरोपमा कञ्चनपुर प्रहरीले दुई भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा भारतको कर्नाटक प्रहरीका असई सतिश एमआर र प्रहरी जवान अल्फाब आरएस रहेका छन्।
प्रहरीका अनुसार भारतीय प्रहरी अधिकारीहरू नेपाल प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्ने प्रयास गरेपछि नेपाली प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। विदेशी सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गर्दा सम्बन्धित नेपाली सुरक्षा निकायसँग आवश्यक समन्वय गर्नुपर्ने व्यवस्था रहे पनि त्यसविपरीत प्रवेश गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनाबारे नेपाल प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानपछि घटनाको वास्तविक अवस्था र थप कानुनी प्रक्रियाबारे निर्णय हुने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?