सत्य, निष्पक्ष र विश्वसनीय

अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सञ्चालन

न्युज डेस्क
२०८३ भाद्र १४, आईतवार १०:२६

चितवन, १४ भदौ
भोटेकोसी नदीमा पुनः बाढी आएको सूचनापछि नारायणगढ–मुग्लिङ सडकखण्डमा रोकिएको यातायात पुनः सञ्चालनमा आएको छ।
बिहान भोटेकोसीको बहाव बढेको सूचना प्राप्त भएपछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौं जाने र आउने सबै प्रकारका सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको थियो।
भोटेकोसीको पानीको बहाव हाल जोखिमपूर्ण अवस्थामा नरहेको सूचना प्राप्त भएपछि यातायात पुनः सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ।
यद्यपि, बाढी तथा पहिरोको जोखिम अझै पूर्ण रूपमा समाप्त नभएकाले प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यात्राका क्रममा जोखिमयुक्त स्थानमा नबस्न तथा सम्बन्धित निकाय र सुरक्षाकर्मीले दिएका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले यात्रा गर्दा आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?