सत्य, निष्पक्ष र विश्वसनीय

धनुषामा झाडी भित्र लुकाइएको १०७ किलो गाँजा बरामद

न्युज डेस्क
२०८३ भाद्र १८, बिहीबार १३:१५

जनकपुर, १८ भदौ
जिल्ला धनुषा नगराइन नगरपालिका-५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद भएको छ।
मिति २०८३ भदौ १८ गते राति करिब ०२:३० बजे उक्त स्थानमा लागूऔषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो । बरामद गाँजा इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याई तौल गरिएकोमा प्लास्टिकसहित १०९ किलो रहेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिकबाहेक तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको हो ।
बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?