सत्य, निष्पक्ष र विश्वसनीय

सुमोको ठक्करबाट मृत्यु भएका युवकको पहिचान खुल्यो

न्युज डेस्क
२०८३ भाद्र २६, शुक्रबार १०:१७

बारा, २६ भदौ
बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका पैदलयात्री युवकको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक प्रसौनी गाउँपालिका–५ प्रसौनी टोल निवासी १९ वर्षीय अलोक कुमार साह हुन्। मृतकका बुबा सुभाष कुमार साहले शुक्रबार बिहान परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा पुगेर शव आफ्नो छोरा अलोकको भएको पहिचान गरेका हुन्।
यसअघि बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। उपचारकै क्रममा राति १०ः३५ बजे साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
प्रवक्ता घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालक प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?