वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
२०८३ भाद्र २७, शनिबार २०:१५
काठमाडौं, २७ भदौ
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गौतमलाई थानकोटबाट सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
गौतमलाई आइतबार थप स्वास्थ्य परीक्षणका लागि चिकित्सकले समय दिएका थिए। तर, शनिबार बिहान स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।
२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम लामो समयदेखि पत्रकारिता तथा लेखन क्षेत्रमा सक्रिय थिए। पछिल्लो समय उनी थानकोटमा बस्दै आएका थिए।
उनको दाहसंस्कार आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





