वीरगन्जको राधेमाई पुलमा ट्रकको ठक्करबाट बालिका घाइते
२०८३ आश्विन १५, बिहीबार ०९:५९
वीरगन्ज, १५ असोज
वीरगन्जस्थित राधेमाई पुलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक बालिका घाइते भएकी छन्।

घाइते बालिकालाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल लगिएको छ। उनको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी रहेको छ।
बाटो काट्ने क्रममा रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको बताइएको छ। ठक्करबाट मोटरसाइकलमा सवार बालिका घाइते भएकी हुन्।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





